चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छः प्रधानमन्त्री

काठमाडाैं | चैत १६, २०७९

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छः प्रधानमन्त्री

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रं‌गशालाको समस्या समाधान हुने बताएका छन्।

 

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान हुने बताए। 

 

प्रधानमन्त्रीले  भने,' क्रिकेट रंगशालाको १  या २ हप्ताभित्र समस्या समाधान हुन्छ र निर्माणकार्य अघि बढ्छ।'

 

धुर्मुस सुन्तली फाउन्डेसन रंगशालाको निर्माणको जिम्मा लिएको थियो। तर, ऋण काढेको रकम तिर्न नसकेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिन महानगरपालिकासँग आग्रह गरेपछि थप पक्रिया अघि बढ‍ने भएको हो।

 

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्